रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
कास्की, मंसिर ९ । सहकारीको रकम अपचलन मुद्दामा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई म्याद थप गर्न आज अदालतमा उपस्थित गराइएको छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद शुक्रबार सकिएपछि आज आइतबार पाँचौंपटक म्याद थपका लागि उनलाई कास्की जिल्ला अदालत उपस्थित गराएको हो ।
लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराध मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । बयानका क्रममा लामिछानेले आफूले सूर्यदर्शन, सुप्रिम र सहारा कुनै पनि सहकारीबाट ऋण नलिएको दाबी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय