Kath khabar
आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

                          काठमाडौं,  मंसिर ९ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । यसअघि परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरामा आजदेखि प्रवेश शुल्क लागु गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति दुइ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने भएका छन् ।

यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकले पाँच सय तिर्नुपर्नेछ । सार्क बाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update