Kath khabar
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी


                     काठमाडौं, मंसिर १६ । रास्वपा सभापित रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।  शुक्रबारको बयान पूरा हुन नसकेपछि आज पनि उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा पनि ठगीको आरोपमा बयान दिन काठमाडौं ल्याइएको थियो ।

बयान टुङ्गिपछि उनलाई पोखरा फर्काइने तयारी रहेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update