Kath khabar
राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
File Photo

            काठमाडौं, मंसिर १९ । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उहाँको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल आज बिहान भर्ना हुनुभएको थियो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
---

 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update