Kath khabar
फोन पे को ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एक लाख’ उपहार योजना सार्बजनिक

काठमाडौं, साउन १३ । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिन दिनै एक लाख’ उपहार योजना सार्बजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना-ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् । यस योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्यान नम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेशबुक लाइभ मार्फत गरिने छ । यो योजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्समार्फत  यसले सेवा प्रदान गर्दै आएको छ । फोन पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update