Kath Khabar
एनपीएल: आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्दै

                   काठमाडौं, मंसिर २३ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ भने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ ।

सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update