Kath Khabar
रवि लामिछानेलाई म्याद थपको लागि आज पुनः अदालत उपस्थित गराइयो
File Photo

                    कास्की, मंसिर २३ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपकेा लागि आज पुनः प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । अनुसन्धान पूरा नभएपछि प्रहरीले थप १३ दिन हिरासतमा राख्न माग गरेको छ । उनीविरुद्ध छेटौँपटक म्याद थप्न लागिएको हो ।

लामिछानेलाई असोज १८ गते काठमाडौंबाट पक्राउ गरी सोही दिन कास्की ल्याइएको थियो । रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई मंगलबार चितवनमा पनि सोधपुछ गरिएको थियो ।

लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । उनीमाथि विभिन्न सहकारीको रकम हिनामिना गरी गोरखा मिडियामा हस्तान्तरण गरेको आरोप छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update