रवि लामिछानेलाई ४ दिन म्याद थप

काठमाडौं, मंसिर २३ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ । आइतबार कास्की जिल्ला अदालतले लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएको हो ।
लामिछानेमाथि कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनको म्याद थप गरेको थियो । आज पुनः छैठौपटक म्याद थपको लागि उनलाई अदालत उपस्थित गराइएको थियो । प्रहरीले १३ दिनको म्याद माग गरेपनि अदालतले ४ दिनको म्याद उपलब्ध गराएको हो ।
गत बुधवार लामिछानेलाई चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । उक्त विषयलाई लिएर उनको मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१ १५:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय