Kath Khabar
दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
File Photo

                   काठमाडौं, मंसिर २३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खड्काको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सिआइबीले गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update