रवि लामिछानेलाई काठमाडौं हुँदै पर्सा लगिने

काठमाडौं, मंसिर २४ । सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप अनुसन्धानका लागि पर्सा लगिने भएको छ । उनलाई काठमाडौं हुँदै सिमरा लगिने र सिमराबाट वीरगन्ज गाडीमा लैजाने प्रहरीले जनाएको छ । वीरगन्जको सानो पाइला सहकारी ठगीको अनुसन्धान लागि उनलाई त्यहाँ लैजान लागिएको हो ।
यसै प्रकरणमा पक्राउ परेका गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने पोखराबाट हिजै पर्सा लगिसकिएको छ । उनीहरुलाई आइतबार राति सडकमार्गबाट पर्सा लगिएको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय