Kath Khabar
पर्सामा रवि लामिछानेको बयान शुरु

                             काठमाडौं, मंसिर २५ ।  कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको आजबाट पर्सामा पनि बयान शुरु भएको छ ।

पर्सास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान शुरु भएको हो ।  वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि सोमबार लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा लगिएको थियो ।

गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा लगिएको हो । सोहि अनुसार आज सरकारी वकिलको कार्यालयमा बयानका लागि उनलाई लगिएको हो । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update