Kath Khabar
हवाईजहाजको झ्याल किन सानो र गोलो बनाइन्छ ?

                   काठमाडौं, मंसिर २५ । यदि तपाईले विमानमा यात्रा यात्रा गर्दै हुनुहुन्छ भने, तपाईंले अवश्य पनि झ्यालको सिट पाउन चाहनुहुन्छ । हवाइजहाजको झ्यालबाट बाहिरको दृष्य स्वर्गभन्दा कम देखिँदैन र यो दृश्य देखेपछि यसको झ्याल अलि ठुलो भएको भए बाहिरको दृश्य झनै सुन्दर देखिने इच्छा हुन्छ ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यसको झ्याल किन सानो हुन्छ र गोलाकार राखिएको हुन्छ ?

जब विमान आकाशमा हुन्छ, विमान भित्र र बाहिर हावाको चाप हुन्छ र यो दबाब बदलिरहन्छ, त्यसैले हवाईजहाजमा गोलो झ्यालहरू जडान गरिन्छ । गोलो झ्यालको कारण, उच्च उचाइ र गतिमा हवाइजहाज तोड्ने सम्भावना कम हुन्छ ।

हवाइजहाजका झ्यालहरू सधैं गोलो हुँदैनन् तर पहिले वर्गाकार झ्यालहरू पनि थिए। यसअघि हवाइजहाजको गति कम थियो र धेरै उचाइमा उड्दैनथ्यो र यी सबैका कारण इन्धन बढी खपत हुने गरेको थियो । त्यसैले यसमा परिवर्तन गरिएको हो ।

हामी सबैलाई थाहा छ कि हवाइजहाज १०,००० फिट माथि उड्छ । विमानको संरचना निकै बलियो हुन्छ । तिनीहरू यसरी डिजाइन गरिएका हुन्छन् कि चराहरूले आक्रमण गरे वा साना ठूला भग्नावशेषहरुको ठोक्काइले पनि केहि क्षति गर्न सक्दैन । तर झ्यालहरू तुलनात्मक रूपमा सानो राख्दा तिनीहरूको बल र त्यस्ता घटनाहरू सामना गर्ने क्षमता बढ्छ ।

अर्को कुरा विमानको झ्याल गोलो बनाइन्छ किनभने यसले सम्पूर्ण विमानमा दबाब  समान राख्छ ।  गोलाकार झ्यालहरू ७० वर्षभन्दा बढी समयदेखि हवाइजहाजमा प्रयोग हुँदै आएको छ। तर पहिले यस्तो थिएन । सुरुका दिनमा डिजाइनका कारण दुईवटा दुर्घटना भएका छन् । १९४० देखि, जब विमानहरू उच्च उचाइमा लैजान थाले, तब देखि गोल झ्यालहरू बनाइएको हो।

अहिले बोइङ ७८७ ड्रीमलाइनर जस्ता केही आधुनिक विमानहरूमा ठूला झ्यालहरू राख्न थालेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update