एनपिएल
एनपिएलमा आज दुई खेल : जनकपुर र सुदूरपश्चिम, काठमाडौँ र लुम्बिनी भिड्दै
काठमाडौं, मंसिर २६ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।
–––
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय