Kath khabar
रास्वपाका सभापति लामिछानेको बयान सकेर सिमरा पुर्याइयो


                    वीरगञ्ज (पर्सा),  मंसिर २६ । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ ।

निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ । लामिछानेलाई पर्सा पुर्याएर आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update