Kath Khabar
विराटनगरले दियो पोखरालाई दियो १४० रनको मध्यम लक्ष्य


                    काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपीएल) बिहीबारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई  १४० रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन जोड्यो ।

विराटनगरका लागि स्कट एडवर्ड्सले ३५ बलमा ५ चौका सहित ४५ रन बनाए । उनलाई कुशल भुर्तेलले एलबीडब्ल्यू आउट गरेका थिए ।

पोखराका सागर ढकाल र राइमन राईफर्डले २–२ विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ । आजको दोस्रो खेलमा काठमाडौं गोर्खाले जनकपुर बोल्टको सामना गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update