रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत लगियो

कास्की, मंसिर २७ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएकाले उनलाई पुनः सातौँ पटक म्याद थपका लागिअदालत लगिएको हो । उनीसँगै छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराइएको छ ।
कास्की प्रहरीका अनुसार अनुसन्धान अधिकारीहरुले अहिले प्रतिवेदन तयार गरिरहेको छ । अबको १२ दिनभित्र सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी रहेको छ बताइएको छ ।
लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा संलग्नताको आरोप छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय