सुपरओभरमा विराटनगर किंग्सलाई हराउँदै पोखरा एभेन्जर्स विजयी
काठमाडौं, मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ।
सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगर ५ रनमा समेटिएपछि पोखरा सुपर ओभरमा विजयी भयो । जितसँगै पोखराले दोस्रो जित निकालेको छ ।
पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो । विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ । चार खेलमा पराजित भएसँगै विराटनगरको भने अब प्लेअफ सम्भावना कमजोर बनेको छ ।
आजकाे दोस्रो खेल काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय