नेपाल प्रिमियर लिग
कर्णाली याक्सले लुम्बिनी लायन्सलाई दियाे १२९ रनको लक्ष्य
काठमाडौं, मंसिर २८ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोडेको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ ।
आजको दोस्रो खेल विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ ११:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय