Kath Khabar
वेस्टइण्डिजका महान् क्रिकेटर ब्रायन लारा आइपुगे नेपाल

                      काठमाडौं, मंसिर २८ । वेस्टइण्डिजका महान् क्रिकेटर ब्रायन लारा नेपाल आएका छन्  । नेपाल प्रिमियर लिगको अवलोकन गर्न उनी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

ब्रायन लारा शुक्रबार बिहान फ्लाइ दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरे । उनी आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ । उनी ३ दिन नेपाल बस्नेछन् ।

५५ वर्षीय वेस्ट इन्डिजका पूर्व क्रिकेटर लारा क्रिकेट जगतमा एक प्रमुख व्यक्तित्व हुन् । बायाँ हाते ब्याट्सम्यान उनी खेलका उत्कृष्ट ब्याट्सम्यान मध्ये एक हुन् । ब्रायन लाराको क्रिकेट करियर १९९० देखि २००६ सम्म रह्यो जहाँ उनले खेलकुदमा महत्वपूर्ण योगदान दिए । उनले टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो ओडीआई करियरमा १ हजार ३७ चौका र १३३ छक्का प्रहार गरेका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update