हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
रवि लामिछाने भने चिकित्सकको सिफारिस बावजुद पनि अस्पताल भर्ना हुन अस्वीकार

काठमाडौं, मंसिर २८ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । छातीमा समस्या र सास फेर्न गाह्रो भएपछि बिहीबार साँझबाट जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गत असोज ६ गते काठमाडौं शंखमुलबाट पक्राउ परेका जोशी माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान जारी छ ।
यसैबीच, सहकारी ठगी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चिकित्सकको सिफारिस बावजुद पनि अस्पताल भर्ना हुन अस्वीकार गरेका छन् । लामिछाने केही दिनदेखि उच्च रक्तचापबाट पीडित छन् तर अस्पताल बाहिरै बस्न उनले जिद्दी गर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय