Kath Khabar
विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई दियो ११८ रनको लक्ष्य

                            काठमाडौं, मंसिर ३० । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ। आइतबार टियु मैदानमा भएको पहिलो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खालाई १ सय १८ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स १९.५ ओभरमा ११७ रनमा अलआउट भयो । प्लेअफको आफ्नो आशा जीवित राख्न काठमाडौं गोर्खालाई यो खेलमा महत्वपूर्ण जित आवश्यक छ । यो खेल हारेमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ ।

तर विराटनगर किंग्स भने लिगबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update