Kath Khabar
कर्नेल नैनसिंह घलेले रोपेका थिए डिल्लीबजारको पिपलको बोट


                    काठमाडौं, पुस २ । ओखलढुङा जरायोटार घले गाउमा जन्मेका कर्नेल नैन सिंह घले श्री ३ रणोद्दिप सिंह कुवर राणाको पालामा नै कर्नेल भएकाले उनी श्री ३ जंग बहादुरको पालामा नै नेपाली सेनामा जागिर भैसकेको बुझिन्छ।

कर्नेल नैनसिंहले ओखलढुङ्गाको रुम्जाटार, सिन्धुलीको आमबोटे, काभ्रेको गाम्लाङ, काठमाडौंको डिल्लीबजार लगायतका स्थानहरुमा घर बनाएका थिए भने उनका सन्तानहरु ति स्थानहरुमा बसोबास समेत गर्दै आएका छन् ।

काठमाडौंको डिल्लीबजारको मुल सडकमा रहेका बाटोको वारी र पारीका पिपलका बोटहरु उनै कर्नेल नैन सिंहले रोपेका थिए । हालको ग्यालेक्सी स्कुल भन्दा मुनि कर्नेल घलेका दुईवटा झिंगटीका घरहरु थिए । क्याप्टेन मेख बहादुर,  शुश्री भद्रा कुमारी घले लगायत जर्नेल दिपक घले गुरुङ कर्नेल नैन सिंहका सन्तान हुन् ।

काठमाडौंको रानीपोखरी देखी दशरथ रङशालामा रहेको हालको टुडिखेलमा त्यतीबेला उबडखाबड जमिन थियो । श्री ३ रणोदिपको आदेशमा यिनै कर्नेल नैन सिंहको कमान्डमा उक्त उबड-खाबड जमिन सम्माएर वर्तमान टुडिखेल बनेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update