Kath khabar
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

                           काठमाडौं, पुस २ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई  थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

 सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित ५१ जनाको नाम प्रतिवादी रहेको छ । तीमध्ये ३७ जना अझै फरार छन्। प्रहरीले अभियुक्तबाट १ अर्ब ५१ करोड क्षतिपूर्ति दाबी गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update