काठमाडौं, पुस ३ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेरअघि जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ थालेका छन् । यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।
जनकपुर बोल्ट्सको प्लेइङ–११ मा आसिफ शेखसहित आकाश त्रिपाठी, लाहिरु मिलान्था (विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी छन् ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ–११मा दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो ।
–––