पोखरा, पुस ४ । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतेका सिसिटिभीको फोटो फोटो बाहिरिएको छ । फोटो सार्वजनिक भएपछि पछि रास्वपाका नेताहरुले आपत्ति जनाएका छन् ।
पार्टीका नेता दिपक बोहोराले प्रहरीबाटै उक्त फोटो बाहिरीएको जनाउदै प्रहरीले कसलाई पठाउन स्क्रिनसट गर्यो, के उद्देश्यका लागि सार्वजनिक गरियो ? भनेर आक्रोश व्यक्त गरेका छन् ।
उनले लेखेका छन्- "अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्ला।"
यस्तै, रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि सामाजिक सञ्जालमा आपत्ति जनाउँदै लेखेकी छन्
यो त हद भयो? गृहमन्त्रीले जवाफ दिने की बचाउ गर्ने? हिरासतको फोटो किन, कसरी र कसलाई पठाइयो? #EnoughIsEnough