काठमाडौं, साउन १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार छ सय ६५ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट कुल १४ हजार दुई सय ४२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुन । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमित भएका समेत गरी नेपालमा होम आइसोलेसनमा २७ हजार तीन सय ५५ जना, संस्थागत आइसोलेसनमा तीन हजार ३५ जना, आईसीयूमा छ सय ३६ जना र भेन्टिलेटरमा एक सय ६० जना रहेकाछन् । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोभिड-१९ को संक्रमणबाट मुत्यु हुनेहरुको कुल संख्या नौ हजार आठ सय सात पुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप आठ सय ६० जना संक्रमितहरु थपिएकाछन् । सो मध्ये काठमाडौ जिल्लामा पाँच सय ९७ जना, ललितपुर जिल्लामा एक सय ५५ जना र भक्तपुर जिल्लामा एक सय आठ जना संक्रमितहरु थपिएको मन्त्रालयले जनाएको छ ।