रवि लामिछानेको हिरासतमा राखिएको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, पुस ४ । कास्कीमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने दोषीलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।
बिहीबार उनले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जालमा उक्त्त तस्वीर भाइरल भएपछि डा निकोलस भुसालले सो तस्वीर आफूले खिचेको भन्दै माफी मागेका छन् । भुसालले रवि लामिछानेको फोटो हिरासतमा लिएको भन्दै स्वीकार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पनि एक विज्ञप्ति जारी गर्दै तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१ १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय