काठमाडौं, पुस ४ । कर्णाली याक्सलाई पारजित गर्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर फाइनलमा प्रवेश गरेको हाे ।
कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
जितमा जेम्स निशामले महत्वपूर्ण भूमिका खेल्दै १७ बलमा २ चौका र ५ छक्का सहित ४५ रन बनाए । निशम अर्धशतक पूरा गर्न मात्र ५ रन पछि विपिन शर्माको बलमा आउट भए ।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । रनआउट हुनुअघि हर्ष ठाकरले २६ बलमा १७ रनको योगदान दिए भने आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे। विपिन शर्माले आउट हुनुअघि ओपनर शुभा काशङ्करले ३ रन मात्रै बनाइन् ।
यो हारसँगै कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिएको छ । अब शनिबार जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।