Kath khabar
हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाई

                  काठमाडौं, पुस ५ । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वाेच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।

उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update