काठमाडौं, पुस ७ । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । अबको एक/दुई दिन नेपालको पश्चिमी भु-भागहरुमा बादल लाग्ने र हल्का वर्षा र हिमपातसँगै चिसो बढ्ने संभावना रहेको विभागले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा बदली हुने र बाँकी भूभागमा मौसम सफा रहनेछ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भु-भाग सामान्यतया सफा रहेको छ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।