सहकारी ठगी आरोपमा चन्द्रागिरि नपा–१२ का अध्यक्ष पक्राउ
काठमाडौं, पुस ८ । सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । (रासस)
–––
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय