बालकोट बाबु-छोरा हत्या प्रकरण : जेठो छोराले गरे आत्मसमर्पण
भक्तपुर, पुस ९ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा भएको हत्या प्रकरणमा हत्या आफूले गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरी वृत्त महराजगञ्जमा आत्मसमर्पण गरेका छन् । डेराबाट सम्पर्कविहीन भएका मिलन मंगलबार प्रहरीको सम्पर्कमा आफै आएका हुन् ।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य सोमबार मृत अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार छोराको शव किचनमा र बुबाको अर्को कोठामा भेटिएको थियो र किचनमा रहेका सिलौटामा कपाल र रगत सुकेको थियो ।
घटनापछि जेठा छोरा मिलन बेपत्ता रहेकाेले उनीमाथि नै अनुसन्धान केन्द्रित गर्दै प्रहरीले अनुसन्धान तीव्र रूपमा अगाडि बढाएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय