१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रूपन्देही, पुस ११ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय