Kath Khabar
कालिकोटमा आज पनि भूकम्प


                    काठमाडौं, पुस १४ ।  कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

शुक्रबार राति पनि कालिकोटको लाली आसपास केन्द्रबिन्दु भएर र तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो । (RSS)

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update