Kath Khabar
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

                  काठमाडौं, पुस १८ । सिन्धुपाल्चोकमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको  पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको छ । (RSS)

---

 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update