Kath Khabar
नवलपरासीमा निर्दयतापूर्वक कुकुर मारेकाे अभियाेगमा दुईजना पक्राउ

                 नवलपरासी, पुस १८ । नवलपरासीमा कुकुर मारेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  एउटा माउ कुकुर र पाँचवटा बच्चालाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–५ बेलवानीका ३३ वर्षीय राजकुमार सारु मगर र २८ वर्षीय अमनकुमार चिडिमगर रहेका छन् । गत पुस १३ गते ठान्डीघाटको ५ ठक्कर क्षेत्रमा नारायणी नदी नजिक कुकुर र बच्चाहरुलाई निर्ममतापूर्वक मारेर भिडियो बनाई सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त घटनाको सर्वसाधारणद्धारा व्यापक निन्दा भएपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज उठेको थियो ।

पक्राउ परेका दुवैलाई परासी जिल्ला अदालतले पशुपन्छीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update