सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट रविलगायत प्रतिवादीहरूको तर्फबाट बहस हुँदै
कास्की, पुस १९ । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट रविलगायत प्रतिवादीहरूको तर्फबाट बहस सुरु हुँदैछ । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो ।
यसअघि मंगलबार र बुधबार सरकारी वकिलले सातै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै बहस गरेका थिए । बिहीबार सहकारी ठगीका पीडित पक्षका वकिलहरुले आफ्नो मुद्दा पेस गरेका थिए ।
अभियुक्तमा रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामप्रसाद खनाल, लीला पछाई, मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय