नेपालमा थप ३६११ जनामा कोभिड १९ को संक्रमण पुष्टि
२७ जनाको मृत्युु, १८१६ जना संक्रमणमुक्त
काठमाडौं, साउन १५ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार छ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट पछिल्लो २४ घण्टामा १४ हजार छ सय ६१ जनाको परीक्षण हुँदा उक्त संख्यामा संक्रमितहरु भेटिएकाहुुन् ।
कोभिड १९ कै कारण पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनाको मृत्युु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुुनेहरुको कुुल संख्या नौ हजार आठ सय ३४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार आठ सय १६ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय