Kath Khabar
भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या आएपछि डाइभर्ट गरी आकस्मिक अवतरण

                         काठमाडौं,  पुस २२ । त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडानमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट बिहान १०ः३८ मा प्रस्थान गरेको कल साइन ९एन-एजेएसको उडान नम्बर ९५३ को उडानको बीचमा दाहिने इन्जिनमा समस्या देखिएपछि डाइभर्ट गरिएको हाे । विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या देखिएपछि आपतकालीन घोषणा गरिएको थियो ।

डाइभर्ट गरिएको उडानले बिहान ११ बजेर १५ मिनेटमा सुरक्षित अवतरण गरेको थियो । बुद्ध एयरका अनुसार अहिले प्राविधिक टोलीले विमानको निरीक्षण गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update