Kath Khabar
सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै


                      सोलुखुम्बु, पुस २३ । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिकोे विवरण सङ्कलन थालिएको छ ।  प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भन्नुभयो, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी  आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।”

उहाँले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा  भूकम्पको क्षतिको पु¥याएको अनुमान गरेको बताउनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिनुभयो ।

“लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको छ”, उहाँले भन्नुभयो । भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए । (RSS)
–––

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update