काठमाडौं, पुस २३ । नेपाल–तिब्बत सीमा बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ३२ जनाको ज्यान गएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पका कारण तिब्बतमा अहिलेसम्म ३२ जनाको ज्यान गएको छ भने तिब्बतको सिगात्से सहरमा भूकम्पले ठूलो क्षति पुर्याएको छ । धेरै भवनहरूमा व्यापक क्षति पुगेको बताइएको छ । एक घण्टामा सोही सिगात्से क्षेत्रमा थप ५ वटा भन्दा बढि भूकम्पका पराकम्पहरु गएका छन् ।
नेपालको लोबुचेबाट ९० किलोमिटर उत्तरपूर्वमा ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु १०.० किलोमिटर गहिराइमा थियो । काठमाडौंमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाहिर निस्किएका थिए ।
आजै दिन भूकम्पमा परी ६ हजारभन्दा बढीको मृत्यु भएको थियो
आजकै दिन सन् १९९४ मा अमेरिका र १९९५ मा जापानमा शक्तिशाली भूकम्प गएको थियो । १९९४ मा अमेरिकाको नर्थरिजमा ६.७ म्याग्निच्युडको भूकम्प जाँदा ५७ जनाको ज्यान गएको थियो भने ९ हजारभन्दा बढी घाइते भएका थिए ।
यस्तै, सन् १९९५ को आजकै दिन जापानको कोबे सहरमा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा ६ हजारभन्दा बढीको ज्यान गएको थियो ।