Kath Khabar
पौराणिक तथा सांस्कृतिक नाटक ‘महासत्व’ मञ्चन हुँदै

                         

                 काठमाडौं, पुस २३ । बज्र कला कुञ्जको प्रस्तुतीमा यहि पुस २५ गतेदेखि पौराणिक तथा सांस्कृतिक नाटक ‘महासत्व’ मञ्चन हुँदैछ ।

टेकुस्थित कौशी थिएटर (कथा घेरा) मा सुरु हुन गइरहेको नाटक पुस २५ देखि माघ ५ गतेसम्म प्रसारण हुनेछ । ममा आर्टसको सहकार्यमा हुन लागेको नाटक साँझ ५ः१५ बजे देखि सुरु हुनेछ भने शनिवार १ बजे पनि मञ्चन हुनेछ ।

चन्द्रमान मुनिकारको निर्देशन तथा कथा लेखन रहेको नाटकको नाट्य रुपान्तरण इँगीहोपो कोँइच सुनुवारले गरेका छन् । नाटकमा कलाकार सुदन मान मुनिकार, संगीता थापा, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुसी सुनुवार, सचिन लामा, सुमित्रा पेहिम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेमचन्द पाण्डेको अभिनय रहनेछ ।

निर्देशककाअनुसार पौराणिक कथामा आधारित नाटकमा महासत्वले सत्वप्राणीको उद्धार गर्न महादान गरेको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । नाटकले बोधिचित्त उत्पन्न गरी बोधिचर्या गर्न र परहितको कार्यमा निरन्तर रुपमा लागी बुद्धको मुक्तिको मार्गमा लागी सबैमा सम भाव राख, मनमा सदा करुणा जगाई अरुको भलो गर्ने पाठ सिकाउने उहाँले बताउनुभयो ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update