काठमाण्डौं, वैशाख ७ । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नइ सुपर किंग्सले लगातार दोस्रो जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा चेन्नइले राजस्थान रोयल्समाथि ४५ रनको जित हात पारेको हो ।
गएराती मुम्बइ स्थित वाङखेडे क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८८ रनको योगफल बनाएको थियो । चेन्नइका लागि फाप दु प्लेसिले सर्वाधिक ३३ रनको योगदान गरे । गतिलो साझेदारी हुन नसकेपनि तल्लो क्रमका ६ ब्याट्सम्यानले १८ रन भन्दा बढिको पारी खेलेपछि चेन्नइले बलियो योगफल बनाउन सफल भएको हो । चेन्नइले आफ्नो पारीमा जम्मा १० छक्का प्रहार गरेको थियो । बलिङ तर्फ चेतन साकरियाले तिन तथा क्रिश मोरिसले दुइ विकेट लिए । जवाफमा एक सय ८९ रनको लक्ष्य पछाएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४९ रनमा समेटियो । जोस बट्लरले ४९ रनको पारी खेले पनि टिमको हार भने टार्न सकेनन् । ब्याटिङ २६ रनको योगदान गरेका मोहिन अलिले सर्वाधिक तीन विकेट लिए । तीन ओभर बल फ्याल्दा उसले मात्र सात रनको योगदान गरेका हुन् । रविन्द्र जडेजा र साम कुरनले समान दुइ–दुइ विकेट लिए ।