काठमाडौं, साउन १६ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार एक सय छ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय १९ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् ।
यस अवधिमा कोभिड १९ को संक्रमणबाट नेपालमा २३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार आठ सय ५७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर एक हजार नौ सय १६ जना संक्रमणमुक्त भएकाछन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेहरुको संख्या छ लाख ५४ हजार एक सय ७७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार तीन सय जना रहेकाछन् ।