Kath Khabar
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतको आदेश

                     कास्की, पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी हिनामिना मुद्दामा लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारीको रकम हिनामिना, संगठित अपराधमा संलग्न भएको र सम्पत्ति शुद्धीकरणको आरोपमा गत पुस १२ गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update