रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा
काठमाडौं, पुस २८ । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा हुँदैछ ।
काठमाडौंकाे स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको हाे । सुनुवाइपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्ने निर्णय गर्नेछ ।
लामिछाने आइतबार बिहान ९ः३० बजे अदालतमा उपस्थित भएका थिए । यसअघि गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा उनी रिहा भएका थिए । अदालतको आदेशपछि उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय