रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश
काठमाडौं, पुस २८ । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंमा हिरासतमा राख्न आदेश दिएको हो । अदालतले थुनछेक बहसको कार्य नसकिएको भन्दै मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरी हिरासतमा पठाइएको हो ।
गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा उनी रिहा भएका लामिछाने आइतबार बिहान अदालतमा आफैं हाजिर भएका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय