रवि लामिछानेविरुद्धको थुनछेक बहस जारी
काठमाडौं, पुस २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आजदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि निजलाई हिरासतमा पाठइएको हो ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बरबहादुर चन्दले भन्नुभयो, “आगामी माघ २ गतेदेखि सुनुवाइ हुनेछ, उहाँलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाइएको छ ।”
–––
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१ २२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय