Kath Khabar
रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा जारी

                     काठमाडौं, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा आज पनि काठमाडौं जिल्ला अदालतमा बहस आज पनि जारी छ  ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले पहिले बहस थालेका हुन् । साेमबार रविविरुद्ध सरकार र जाहेरवाला तर्फका वकिलहरूले बहस गरेका थिए । उनीहरूले रविलाई थुनामै राख्नुपर्ने तर्क पेस गरेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले बाँकी बहस आजका लागि तोकिएको थियो ।

लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मीको रकम अपचलनमा काठमाडौं अदालतमा मुद्दा दर्ता भएको हो। उनीहरुविरुद्ध १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update