काठमाडौं, माघ ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जालमा गएराति एउटा भावुक स्टाटस सेयर गरे । उनको शब्दबाट सबैले उनले खेलजीवनबाट सन्न्यास लिन खोजेको हो की भन्ने अड्कलबाजी लगाईरहेका छन्, भने कतिपयले नेपाल छाडेर अरु कुनै देशबाट खेल्न लागेको हो कि पनि भनिरहेका छन् ।
अंग्रेजी भाषामा लेखिएको उक्त पोस्टमा उनले भनेका छन् - ‘धन्यवाद, सबैलाई, सबै कुराको लागि । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्राको हरेक पाइलामा निरन्तर साथ दिनुभएको छ । तपाईहरुको यो माया र प्रोत्साहन मेरो लागि संसारको सबथोक हो जुन मेरो हृदयमा सधैभरी विशेष स्थान रहनेछ ।’
उनको यस पोस्टमा कमेन्ट गर्ने धेरैले उनलाई खेलबाट सन्यास नलिन सुझाव दिएका छन् । केहि समय अघि सम्पन्न एनपिएल कपको खेलमाउनले उत्कृष्ठ प्रदर्शन गर्न नसकेपनि जय ट्रफीमा उनको प्रदर्शन उत्कृष्ट रहेको थियो ।